निर्वाचन बिथोल्ने गतिविधिमा लागेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई रिहा गरेको हो।
सर्वाेच्च अदालतले उनलाई मंगलबार थुनामुक्त गर्न आदेश दिएको थियो। उनलाई पक्राउ गर्ने प्रक्रिया नपुगेको भन्दै सर्वाेच्चले यस्तो आदेश दिएको थियो।
प्रसाईं पछिल्लो समय चुनावविरोधी गतिविधिमा संलग्न छन्।
थुनामुक्त भए पनि उनका गतिविधि निगरानीमा राखिने प्रहरीले जनाएको छ।