बालेन भन्छन्- कृषि, उद्योग र खेलकुदको विकास गरेर पूर्वको मुहार फेर्न चाहन्छौँ

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वको विकासका लागि कृषि, उद्योग र खेलकुदलाई प्राथमिकतामा राख्ने बताएका छन्।

रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पूर्वलाई कृषिमा आत्मनिर्भर बनाउने, पहाडमा उत्पादन भएको तरकारी तराईसम्म पुर्याउने सप्लाईचेन सुधार गर्ने र वर्षायाममा बाढी तथा हिउँदमा सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए।

उनले पूर्वी तराईका जिल्लाहरूले देशलाई पुग्ने धान उत्पादन गर्न सक्ने क्षमता भए पनि व्यवस्थापन अभावका कारण समस्या देखिएको बताए। साथै, विराटनगर जुट मिलजस्ता बन्द उद्योग पुनः सञ्चालन गरी उद्योगमैत्री वातावरण बनाउने धारणा राखे।

शाहले खुवालुङ, तुवाचुङ र बराहक्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउने तथा पूर्वमा खेलकुद पूर्वाधार, विशेषगरी फुटबल प्रशिक्षण केन्द्र र रंगशालामा दीर्घकालीन लगानी गर्ने योजना पनि प्रस्तुत गरे।

सुझावित समाचार