चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष तथा कला पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत उनको आज मध्याह्न १२ः४५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक सार्वजनिक अभियान कार्यक्रममा सहभागी हुँदा अचानक बेहोस हुनुभएको थियो, तुरुन्तै उहाँलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो जहाँ उहाँको श्वास–प्रश्वास रहेको थिएन। कार्डियोपल्मोनरी रेससिटेसन (सिपिआर) तुरुन्तै सुरु गरिएको थियो र लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो, उहाँलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो, यस अवधिमा उहाँलाई गम्भीर सबअरेनहाइड हेमोरेजका लागि स्थापित प्रोटोकलअनुसार क्रिटिकल केयर र न्युरो सर्जरी टिमद्वारा संयुक्त रूपमा इन्टन्सिभ केयर युनिटमा भर्ना गरियो। प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्सको उपस्थिति देखियो र थप ४८ घण्टा अनुगमन गर्ने निर्णय लिइयो, चिकित्सकीय प्रोटोकल अनुसार, मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न Apnea परीक्षण गरियो जुन पजिटिभ थियो, जसले स्वतः श्वास–प्रश्वास नभएको जनाउँछ। र, उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौँ।’

चुनावी प्रचारमा जाँदा अछाममा अचानक बेहोस भएका उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

सुझावित समाचार