मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format २१:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेश सरकारले सहिद परिवारलाई रु. दुई लाख ५० हजार प्रदान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २१:५४:oo

मधेश प्रदेश सरकारले जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका मधेश प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु. दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ। 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूप्रति मधेश सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरेको छ । 

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेको छ । 

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेन–जीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने, जेन–जी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने निर्णय गरेको छ ।