
जेन–जीको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्षा स्थापना गरेको छ ।
मोबाइल नम्बरसहित सहायता कक्ष स्थापना गरिएको र त्यसमा एसएमएस ह्वाट्सएप, भाइबरमार्फत समेत जानकारी गराउन सकिने मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी सूचनामा उल्लेख छ। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार यस्तो सहायता कक्ष स्थापना गरिएको हो।