मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १९:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशी सरकारले जेन-जी आन्दोलनका मृतकको परिवारलाई एक लाख दिने, घाइतेको उपचार निःशुल्क

पाँच लाखभन्दा कम लागतका सबै आयोजना स्थगित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १९:४२:oo

कोशी प्रदेश सरकारले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारलाई एक लाख उपलब्ध गराउने र घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

२ असोजमा बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को १६औँ बैठकले भ्रष्टाचार उन्मूलन र सुशासन प्रवर्द्धनको मागलाई भरपुर सहयोग गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, आन्दोलनका क्रममा प्रदेश सरकारमातहतका मन्त्रालय, कार्यालय, भवन, उपकरण, सवारीसाधनलगायतमा भएको समग्र क्षतिको मूल्यांकन गर्नका लागि भौतिक  पूर्वाधार तथा विकास मन्त्रालयलाई ९ गतेसम्मको समयसीमा तोकिएको छ।

पुनर्निर्माणका लागि कोशी सरकारले चालू बजेटबाट ५ लाखभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णयसमेत गरेको छ। तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न र स्वास्थ्य, सामाजिक विकास एवं कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ।