मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format २o:oo:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारका १५ कार्यालयमा तोडफोड र आगजनी

१६९ सवारीसाधनसहित करिब तीन सय ल्यापटप र कम्प्युटरमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:oo:oo

जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारको पोखरामा रहेका १५ सहित मातहतका २५ बढी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ। भवनसँगै प्रदेश प्रदेश सरकारका ५१ वटा चारपांग्रे सवारीसाधन जलेका छन् भने चारवटामा तोडफोड भएको प्रारम्भिक विवरण छ।

यसैगरी, ११४ थान दुईपांग्रे सवारीसाधन, ५८ थान एसी, ५१ थान ल्यापटप, १०३ थान कम्प्युटर, ५१ थान फोटोकपी-प्रिन्टर, १५ थान टेलिभिजन, ६ थान स्क्यानर, चार थान क्यामेरा, पाँच थान भिडियो क्यामेरा, ६ थान जेनेरेटर, एक थान डिजिटल बोर्ड, तीन थान मोबाइल तथा १७ थान प्रोजेक्टरमा तोडफोड र आगजनी भएको छ।

यसका साथै तोडफोड र आगजनी भएका भवनहरूमा रहेका फर्निचरहरू, अन्य विद्युतीय सामग्रीहरू जलेका छन् भने केही सामानसहित चार लाख ४२ हजार नगद चोरी भएका छन्।