
धनुषाको विदेह नगरपालिका– ३, जोगियाराबाट ४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका– १ बस्ने २४ वर्षीय विराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन्। वीरेन्द्र बजारबाट आउँदै गरेको प्र ३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका– ४ वीरेन्द्र बजारस्थित सडकमा रोकेर राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक विराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो।
साथै थप अनुसन्धानमा उनीहरूले धरानबाट उक्त गाडीमा लागुऔषध गाँजा ल्याई विदेह नगरपालिका– ३ जोगियारास्थित इँटाभट्टामा राखेको भन्ने खुल्न आएपश्चात् उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।