Skip This
राष्ट्रिय स्वतन्त्र पार्टीले जेन–जी आन्दोलनका घाइतेको उपचारमा विशेष ध्यान दिने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २१:४२:oo
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले जेन–जी आन्दोलनका घाइतेको उपचारमा विशेष ध्यान दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २१:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै बैठकले जेन–जी आन्दोलका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा १ असोजमा शोक दिवसका रूपमा मनाउन पार्टी कार्यालयमा बिदा दिने तथा कार्यालयमा राष्ट्रिय र पार्टीको झन्डा आधा झुकाउने, संविधान दिवस ३ असोजका दिन जेन–जी प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।

बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्र सफाइ एवं पुनर्निर्माणमा सघाउने, क्षतिको विवरणसमेत संकलन गर्न सदस्यहरू पार्टीको पहिचानविना स्वयंसेवकको रूपमा खट्ने, स्वास्थ्य अभियान सञ्चालन एवं सहिद परिवार भेटघाट र परिवारजनमा आवश्यक सहयोग पुर्‍याउने, २ असोजदेखि पार्टी गतिविधि नियमित बनाउने र पार्टीका सबै विभागले विभागको क्षेत्राधिकारभित्र पर्ने विषयहरुमा समृद्धिको नीति, कार्यक्रम र संकल्प तयार गर्ने पार्टी प्रवक्ता मनीष झाद्वारा जारी वक्तव्यमा उल्लेख छ।