Skip This
जेन–जी आन्दोलनमा मोरङमा १५५ भौतिक संरचनामा क्षति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी आन्दोलनमा मोरङमा १५५ भौतिक संरचनामा क्षति 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा मोरङमा १५५ वटा भौतिक संरचना तोडफोड र आगजनीबाट ध्वस्त भएका छन् ।  

जिल्ला प्रशासनले  संकलन गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार मोरङमा संघीयका २१ र प्रदेशका १४ वटा कार्यालय ध्वस्त भएका छन् । यसैगरी पालिकातर्फ १० वटा पालिका भवन र १८ वटा वडा कार्यालयहरू पनि तोडफोड  र आगजनीबाट ध्वस्त भएका हुन् । 

यसैगरी नेपाल प्रहरीका १७ वटा र सशस्त्र प्रहरीका चारवटा पोस्ट तथा कार्यालयहरू तोडफोड र आगजनीबाट ध्वस्त भएका छन् । 

प्रारम्भिक विवरणअनुसार मोरङमा आठवटा पार्टी कार्यालय  १५ वटा निजी घर, तीनवटा व्यापारिक भवन र पाँचवटा संघसंस्थाका भवन ध्वस्त भएका छन् । 

मोरङकाे विराटनगरमा रहेको कोशी प्रदेश सभा, उच्च अदालत, जिल्ला अदालत, महानगरपालिका र भाटभटेनी सुपरमार्केट जलेर पूर्ण नष्ट भएका छन् । यसैगरी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू अनि पार्टी र संस्थानका कार्यालयदेखि निजी घरहरूसमेत तोडफोड र आगजनीबाट जलेर ध्वस्त भएका छन् ।