मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रियल म्याड्रिड अपराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

रियल म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेको छ । रियलले शनिबार राति लिगको चौथो खेलमा रियल सोसिडाडलाई २–१ ले हरायो । सोसिडाडको घरेलु मैदानमा रियल म्याड्रिडलाई जित दिलाउन केलियन एम्बाप्पे र अर्दा गुलरले समान एक गोल गरेका थिए । सोसिडाडका लागि मिकेल ओयारजबाईले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । चौथो जितसँगै रियल म्याड्रिडले ला लिगामा शीर्ष स्थानमा १२ अंक बटुलेको छ ।

समान खेलबाट २ अंक बटुलेको सोसिडाड १७औँ स्थानमा छ । सोसिडाडले जित निकाल्न सकेको छैन । खेलको १२औँ मिनेटमा एम्बाप्पेले रियललाई १–० को अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा डिन हुइसेनले रातो कार्ड पाए । त्यसपछि रियल म्याड्रिडले १० खेलाडीमा रहँदै सोसिडाडविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

खेलको ४४औँ मिनेटमा गुलरले रियल म्याड्रिडलाई २–० को अग्रता दिलाए । खेलको ५६औँ मिनेटमा सोसिडाडका मिकेलले २–१ का लागि गोल गरे । बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा ह्याम्बर्गमाथि ५–० को फराकिलो जित निकालेको छ । ह्यारी केनको दुई गोलको सहयोगमा बायर्नले लिगमा लगातार तेस्रो जित हात पारेको हो ।