मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटको इन्टरनेट र भाया–टिभी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

भायानेटको इन्टरनेट तथा भाया–टिभी सेवा सामान्य अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा ल्याउन नसके पनि अधिकांश ग्राहकका लागि सेवा उपलब्ध भएको छ । बाँकी सर्भर अर्को डेटा सेन्टरमा सार्ने काम सकिएपछि सेवा आइतबारसम्म पूर्ण रूपमा सामान्य हुने बताइएको छ । यस अवधिमा इन्टरनेटको गति केही स्लो हुन सक्ने कम्पनीको भनाइ छ । 

त्यस्तै, भायानेट मोबाइल एपले भने पूर्ण रूपमा काम गर्नुका साथै कल सेन्टर थप क्षमतासहित सञ्चालनमा आएको छ र यसले ग्राहकलाई छिटो सहयोग गर्न सक्ने बताइएको छ । ‘प्रदर्शनबाट क्षति पुगेको डेटा सेन्टर यस्तो विषम परिस्थितिमा पनि हाम्रो टिमले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको छ । यसले हाम्रो नेटवर्कको मजबुती र टिमको समर्पण देखाउँछ,’ कम्पनीले भनेको छ ।