मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार जलेको सिंहदरबार, सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o२:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

तस्बिरमा जेन–जी आन्दोलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

जेन–जी आन्दोलनको प्रभावपछि मुलुक नयाँ गन्तव्यतिर अघि बढ्ने तरखरमा छ । तर, अन्योल भने कायमै छ । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा केही अप्रिय घटना पनि भए । अघिल्लो दिन १९ जना युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएपछि दोस्रो दिन पुन: आन्दोलन चर्कियो ।

आन्दोलनको पहिलो दिन सोमबार माइतीघरबाट बानेश्वरतर्फ बढ्दै गरेका जेन–जी

उत्तेजित प्रर्दशनकारीहरूले देशका धेरै महत्वपूर्ण संरचनामा आगजनी गरे । केहीमा तोडफोड गरे । तर, यस्ता संरचना ध्वस्त बनाउने आफूहरूको कुनै योजना नभएको जेन–जी आन्दोलनकारीले बताएका छन् । उनीहरू आन्दोलनमा घुसपैठ भएर ती शक्तिहरूले महत्वपूर्ण संरचना भत्काएको बताइरहेको छ । त्यसक्रममा संसद् भवन, सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालतलगायत धेरै महत्वपूर्ण संरचना ध्वस्त भए । केही निजी संरचनामा समेत आगलागी र तोडफोड भए । सवारीसाधन जले । आन्दोलनकै क्रममा केही सञ्चारगृहमा आगजनी तथा तोडफोड भए । चारजना पत्रकारसमेत घाइते भए ।

घाइते प्रदर्शनकारीलाई उद्धार गरी अस्पतालतर्फ लगिँदै 

आन्दोलनपछि देशको जनजीवन सामान्य बनाउन नेपाली सेनाले शान्तिसुरक्षाको जिम्मा लिएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कफ्र्यु र निधेषाज्ञा जारी गरिएको छ । यसबाट जनजीवन प्रभावित बनेको छ । सडकमा हिँड्ने सर्वसाधारणलगायतलाई सेनाले कडाइ गरेको छ ।

जेन–जी आन्दोलनपछि देशभरका विभिन्न कारागारमा जेलसजाय भुक्तान गरिरहेको करिब १४ हजार कैदीबन्दी फरार भएका छन् । यसक्रममा डिल्लीबजार कारागारमा रहेका कैदीबन्दी पनि सुरक्षा जोखिम भएको भन्दै बाहिरिन खोजे । तर, सेनाले उनीहरूलाई रोक्न सफल भएको छ । संकटकै समयमा पनि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भिड लागेको छ ।

संकटका बाबजुद आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आइतबारदेखि काम सुरु हुने भएको छ । छोटो समयका लागि भए पनि बैंकहरू खुल्न थालेका छन् । सरकारी कार्यालय, निजी क्षेत्रका कार्यालयमा पनि सरसरफाइ हुन थालेका छन् । जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ ।

आन्दोलनका क्रममा मृत्यु भएका युवाको शुक्रबार पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिँदै 



तस्बिर : अमुल थापा, दिपेन्द्र ढुंगाना, संजित परियार, सञ्जीव योन्जन