मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

शनिबार बिहानबाट बागमती प्रदेशको राजधानी हेटौँडाको जनजिवन सामान्य बन्दै गएको छ। दिउँसो निषेधाज्ञा र राति कर्फ्यु  जारी हुँदा असहज अवस्थामा रहेको हेटौँडाको जनजिवन सामान्य हुन थालेको हो । सवारी साधन चल्न थालेका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुलेका छन् । यस्तै आज शनिबार भएकाले सरकारी बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरु भने खुलेका छैनन् ।

गत २३ भदौबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन २४ गते हिंस्रक बनेर सरकारी, सार्वजनिक तथा नीजि सम्पति तोडफोड र आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु  जारी गरेको थियो । सुरक्षाका तीन निकाय जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म बाहेक कसैलाई पनि भेला हुन र हिँडडुलमा प्रतिबन्ध लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार बिहान सूचना जारी गर्दै बिहान् १० बजेबाट निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएको छ । तर यसअघि नै शनिबार बिहानैबाट हेटौँडा बजारमा आम सर्वसाधरणको चहलपहल बढेको थियो भने सवारी साधनहरु गुड्न थालेका थिए । निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै छोटा तथा लामादुरीका सवारी साधनहरु पनि गुड्न थालेका छन् ।