मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मजदुरीमा भारत गएकी आमाले मध्यरातमा सुन्नुपर्‍यो छोराको मृत्युको खबर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

बझाङको खप्तडछान्ना गाउँपालिका– ७, गोर्खालीकी ४५ वर्षीया कैनीदेवी बोहरा पाँच महिनाअघि परिवारलाई सहारा दिन भारतको बेंग्लोर मजदुरी गर्न गएकी थिइन् । तर, जुन छोराको भविष्य बनाउन देश छोडेकी थिइन्, त्यही छोराको मृत्युको खबर रातको अन्धकारसँगै पाइन् ।

गाईवस्तु छिमेकीको जिम्मा लगाएर आफन्तका साथ भारतको बेंग्लोर हिँडेको पाँच महिना पूरा नहुँदै उनको परिवारमा बज्रपात पर्‍यो । कैनीदेवी जुन छोराको भविष्यका लागि मजदुरी गर्न भारत पसेकी थिइन्, गत सोमबार राति अबेर उनकै मृत्युको खबर सुनियो । भाइसहित काठमाडौंमा बस्दै आएका जेठो छोरा सुवासको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घरको जेठो छोरा सुवासले १२ कक्षा उत्तीर्ण गरेका थिए । उनी जापान गएर अध्ययन गर्ने तथा आमा र भाइलाई सुख दिने बताउँदै ६ महिनाअघि काठमाडौं आएका थिए । सोमबार उनको गोली लागेर मृत्यु भएपछि परिवारको मुख्य आधार नै भाँचिएको आफन्त गगन रावतले बताए ।

भारतमा मजदुरी गरेर पढाइ खर्च जुटाउँदै आएकी आमाले जहाजको टिकट काट्नै हम्मे परेको थियो । जसोतसो उनी बिहीबार बिहान काठमाडौं आइपुगेपछि र शुक्रबार साँझतिर पशुपति आर्यघाटमा छोराको अन्त्येष्टि गरिएको छिमेकी रावतले बताए ।

६ महिनादेखि भाइ सन्दीपसहित सुवास बोहरा काठमाडौंमा बसिरहेका थिए । मृतक बोहराका दुई अंकल र ठुलोबुवा सबै अलग–अलग बस्छन् । उनका बुवा भने ६ महिनाअघिदेखि सम्पर्कविहीन छन् । बोहरा परिवारको गाउँमा एउटा खरले छाएको घर छ । अर्काे टिनले छाएको अलि ठुलो आकारको घर छ । तर, दुवै घरमा ताला छ ।