
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख(मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले आजदेखि अवकाश पाउँदैछन्। राजनीतिक संक्रमणकाल भएकाले नयाँ गुप्तचर प्रमुखको चयन अन्योल छ।
थापाले तीन वर्षे पदावधि पूरा गरी अवकाश पाउन लागेका हुन्। नयाँ प्रमुखका लागि ओम जोशी र टेकेन्द्र कार्कीबिच प्रतिस्पर्धा छ। दुवै जना विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुन्।
विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा सञ्चालन हुने व्यवस्था छ।