मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format o९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा सरकारी दमनविरुद्ध विद्यार्थी र युवाको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o८:oo

उदयपुरमा मंगलबार बिहानै सरकारी दमनविरुद्ध विद्यार्थी र युवाले विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडाैंमा जेन–जीको आन्दोलनमा युवाहरूको हत्या गरेको विरोधमा उदयपुरको सदरमुकाम गाईघाटमा विरोध प्रदर्शन भएको हो ।

त्रियुगा नगरपालिकामा रहेको त्रियुगा जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले जेन–जी आन्दोलनमा सरकारद्वारा दमन गरिएको घटनाप्रति विरोध जनाउँदै र्‍याली निकालेका छन् । प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीप्रति चर्को नारा लगाएका छन् । उनीहरूले भनेका छन्, ‘विद्यार्थी र युवा मार्न पाइँदैन ।’ 

जेन–जी आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारी १९ जनामाथि गोली चलाउँदा ज्यान गएको थियो । यस घटनाले सामाजिक र राजनीतिक स्तरमा चौतर्फी आलोचना र विरोध निम्त्याएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्लामा विरोध प्रदर्शन हुने सम्भावित ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । उनले भने, ‘स्थानीय तहले पनि विद्यालय, कलेजहरूमा शोक बीदा दिएका छन् । तैपनि गाईघाटमा बिहानै विरोध प्रदर्शन भएको छ ।’ 

यसैबिच, जेन–जीले आज पनि गाईघाटमा विरोध प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ । हिजो सोमबार पनि गाईघाट, कटारीलगायतका बजार क्षेत्रमा जेन–जीले आन्दोलन गरेका थिए ।