
काठमाडौं महानगरपालिका– २६, मित्रनगरस्थित गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गेस्टहाउसका सञ्चालक मित्रनगर बस्ने झापा दमक नगरपालिका– १ घर भएका ४२ वर्षीय विक्रम बजगाईंसमेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार पाँच सय रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।