मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार २२:१५:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल टेलिकमले निष्क्रिय गर्यो सामाजिक सञ्जाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार २२:१५:oo

नेपाल टेलिकमले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल सरकारको निर्णयअनुसार टेलिकमले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको छ । 

टेलिकमद्वारा जारी सूचनामा भनिएको छ– नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९ को पत्रबाट सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकोले  निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको छ ।

टेलिकमले उक्त प्लेटफर्महरू पुनः सञ्चालन सम्बन्धमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन बमोजिम गरिने व्यहोरासमेत जानाएको छ । 

 

 

छुटाउनुभयो की ?