मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनआरटी राष्ट्रिय लिगनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o९:o६:oo

न्युरोड टिम (एनआरटी) राष्ट्रिय महिला फुटबल लिगनजिक पुगेको छ । बुटवल लुम्बिनी एफसीमाथि २–० को जित निकाल्दै एनआरटी एन्फा राष्ट्रिय लिगको छनोटनजिक पुगेको हो । समूह ‘बी’अन्तर्गत च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीलाई जित दिलाउन जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरेका थिए ।

जितसँगै एनआरटीले पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । यसअघि नै समूह ‘बी’बाट संकटा राष्ट्रिय लिगमा छनोट भइसकेको छ । छैटौँ चरणको खेलमा तेस्रो स्थानमा रहेको झापा एफसीले बराबरी खेले एनआरटी यस समूहबाट राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बन्नेछ । पाँच खेलबाट झापाले ९ अंक जोडेको छ ।

चर्च ब्वाइज स्तब्ध
राष्ट्रिय लिगमा छनोट हुन १ अंक मात्र आवश्यक रहेको चर्च ब्वाइज युनाइटेडले स्तब्ध नतिजा व्यहोरेको छ । राप्ती फुटबल क्लबले चर्च ब्वाइजलाई २–१ ले हरायो । चर्च ब्वाइजलाई हराउन राप्तीकी मनीषा सेनले गोल गरेकी थिइन् । राप्तीले एक गोल आत्मघाती पाएको थियो । चर्च ब्वाइजविरुद्धको जितसँगै राप्ती शीर्ष स्थानमा उक्लिएको छ । 

छुटाउनुभयो की ?