मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा नक्कली बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसलको खाटमुनी चेतावनीसहितको कुकर बमजस्तो देखिने शंकास्पद वस्तु (हाेक्स) राख्ने घटनाका मुख्य योजनाकार  करिब तीन महिनापछि पक्राउ परेका छन्।

कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिका– ११ रेहराका हाकिम अलि मुसलमानलाई उनकै घरबाट पक्राउ गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रितेन्द्रकुमार सिंहले जानकारी दिए। यसअघि नै सो घटनामा सुद्धोदन गाउँपालिका– ६ मनखोरियाका कपिलदेव लोनिया र सुशील कुमार लोनिया पक्राउ परेका थिए।

गत जेठ १७ गते बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा कुकर बमजस्तो देखिने वस्तु फेला परेको थियो। कुकरमा चेतावनीसहितको पर्चा टाँसिएको थियो। अभियुक्तलाई अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको कपिलवस्तु प्रहरीले बताएको छ।

छुटाउनुभयो की ?