
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९ पुल्चोक टोलकी नाै वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । पुल्चोकनिवासी कुमार थिङकी छोरी प्रभा थिङ १७ भदौ साँझ करिब ४ बजेदेखि घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् ।
परिवारले खोजी गरे पनि भेट्न नसकेपछि प्रहरीले समेत खोजतलास सुरु गरेको थियो । प्रहरीका अनुसार १८ भदौ बिहान करिब सवा आठ बजे घरदेखि करिब सात सय मिटर दक्षिणतर्फ राप्ती खोलाको पानीमा बालिकाको शव फेला परेको हो । घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।