मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

पदाधिकारी नियुक्त गरेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउन माग गर्दै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालमार्फत ज्ञापनपत्र पठाएको हो।

कैलालीको गेटामा रहने यो विश्वविद्यालयसम्बन्धी ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्दा पनि कार्यान्वयनमा नआएको भन्दै समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी ऐन गत ४ असारमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। तर, सरकारले हालसम्म विश्वविद्यालयमा पदाधिकारी भने नियुक्त गरेको छैन।

पदाधिकारी नियुक्त गरेर यसै आर्थिक वर्षबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तथा गेटामा तीन सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्न माग गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको संघर्ष समितिले जनाएको छ।

समितिका संयोजक लोकराज पाण्डेयले ऐनअनुसार विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति, बजेट र उपकरणको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइएको बताए। विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन ज्ञापनपत्र पठाइएको उल्लेख गर्दै उनले विश्वविद्यालय सञ्चालनमा सरकारले व्यवस्था गरे दबाबमूलक आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने बताए।