मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १७:५६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै बडिगाड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

बडिगाड गाउँपालिकाले सेवाग्राहीको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न थालेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिने सबै लाभग्राहीलाई भदौ मसान्तभित्र अनिवार्य नवीकरण गर्नुपर्ने प्रावधान बनाएपछि जेष्ठ नागरिक, अशक्तहरूलाई लक्षित गर्दै पालिकाले घरदैलोमै पुगेर सेवा दिन थालेको हो । वडा तथा पालिकासम्म पुग्न असहज हुनेहरूलाई पालिकाको यो कार्यबाट निकै फाइदा भएको छ । 

बर्खाको समय भौगोलिक हिसाबले पनि जेष्ठ नागरिक र अशक्तलाई वडा र पालिकामा पुग्न कठिनाइ भएका कारण जनतालाई सहज रूपमा सेवा दिनका लागि घरदैलोमा नै पुगेर सेवा प्रदान गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन् । ‘हामी जनताको काम गर्न नै खटिएका हौऊ, बिहानदेखि साँझसम्मै विभिन्न बस्ती, टोल र घरमा पुगिरहेका छौँ,’ अध्यक्ष थापाले भनिन्, ‘बिदा होस् वा अन्य दिन यो अभियानलाई निरन्तरता दिएका छौँ, वडाध्यक्षको नेतृत्वमा वडासचिव जानुभएको छ। थप आवश्यकताका आधारमा पालिकाको पञ्जीकरण शाखाबाट पनि कर्मचारी पठाएका छौँ।’ 

सेवाग्राही खोजी-खोजी नवीकरण
केही लाभग्राही पालिकाभन्दा बाहिर बुटबल, बागलुङ बजार पोखरालगायतका स्थानमा बस्ने हुँदा वडासचिव सम्बन्धित स्थानमै पुगेर सेवाग्राही खोजी-खोजी नवीकरण गरेको अध्यक्ष थापाले बताइन्। उनले भदौ मसान्तसम्म पालिकाभित्रका सबै लाभग्राहीको नवीकरण गर्ने लक्ष्य रहेको बताइन्। जनप्रतिनिधिले कर्मचारी साथमा लिएर गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा नागरिकलाई धेरै राहत भएको थापाको भनाइ छ। 

तीन हजार २७ जनाको नवीकरण 
बडिगाड गाउँपालिकामा गत आवमा तीन हजार ९८० जना लाभग्राही थिए। हालसम्म तीन हजार २७ जनाको नवीकरण भैसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिए। उनले गाउँपालिकाको यस अभियानले लाभग्राहीलाई ठुलो राहत मिलेको बताए। उनले नेपाल सरकारले प्रदान गर्ने सेवामा कोही पनि नछुटून् भन्ने उद्देश्यका साथ घरदैलोमा सेवा प्रदान गरिएको बताए। 

सेवा प्रदानका निम्ति सम्बन्धित वडाका वडासचिव र पालिकाका पञ्जीकरण शाखाका कर्मचारीबाहेक अन्य कर्मचारीलाई सहज नभएको हुँदा नवीकरणका लागि समय पनि लाग्ने बताए। गाउँपालिकाले आगामी भदौ मसान्तभित्र सवै लाभग्राहीको नविकरण गर्ने लक्ष्य राखेको छ। 

जिल्लाको तमानखोला गाउँपालिका, गलकोट नगरपालिकाले पनि लाभग्राही खोज्दै बुटबल बागलुङ बजारलगायतसम्म पुगेर सेवा प्रदान गरेको छ।