मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदै छ ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्यालगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमुना, संविधानको धारा २६९ (४) अनुसारको सर्त पूरा गर्ने प्रतिबद्धतापत्रसमेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।

नयाँ दल बनेका वा गाभिएका दलका हकमा आर्थिक वर्ष ०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साबिक दलहरूको विवरणसमेत समावेश गर्नुपर्नेछ ।

थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।