
अध्यागमन विभागले नेपालमा आउने विदेशी नागरिकको ट्रयाकिङ प्रणाली सुरु गरेको छ । नेपालमा प्रवेश गर्ने विदेशीको बसोबास र गतिविधिसम्बन्धी अभिलेखलाई व्यवस्थित राख्ने उद्देश्यले यस्तो प्रणालीको सुरुवात गरिएको हो ।
मंगलबारदेखि यस्तो प्रणाली कार्यान्वयनमा लैजाने निर्णय गरिएकोे विभागका निर्देशक टीकाराम ढकालले बताए। पहिलो चरणमा असोज १ देखि काठमाडौंका तारे होटेलहरूमा अनिवार्य रूपमा ट्रयाकिङ प्रणाली लागू गर्न लागिएको छ । दोस्रो चरणमा १ मंसिरदेखि सबै होटेल तथा लजमा यस्तो प्रणाली कार्यान्वयन गर्न लागिएको छ । जसअनुसार होटेलहरूले अध्यागमन विभागको वेबसाइटमा गएर आफ्नो होटेलमा बस्ने विदेशी नागरिकहरूको विवरण इन्ट्री गर्नुपर्ने हुन्छ ।
यसले अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने विभागका निर्देशक ढकाल बताउँछन् ।