मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १७ मंगलबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अध्यागमन विभागद्वारा विदेशीको ट्रयाकिङ प्रणाली सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार ११:२६:oo

अध्यागमन विभागले नेपालमा आउने विदेशी नागरिकको ट्रयाकिङ प्रणाली सुरु गरेको छ । नेपालमा प्रवेश गर्ने विदेशीको बसोबास र गतिविधिसम्बन्धी अभिलेखलाई व्यवस्थित राख्ने उद्देश्यले यस्तो प्रणालीको सुरुवात गरिएको हो । 

मंगलबारदेखि यस्तो प्रणाली कार्यान्वयनमा लैजाने निर्णय गरिएकोे विभागका निर्देशक टीकाराम ढकालले बताए। पहिलो चरणमा असोज १ देखि काठमाडौंका तारे होटेलहरूमा अनिवार्य रूपमा ट्रयाकिङ प्रणाली लागू गर्न लागिएको छ । दोस्रो चरणमा १ मंसिरदेखि सबै होटेल तथा लजमा यस्तो प्रणाली कार्यान्वयन गर्न लागिएको छ । जसअनुसार होटेलहरूले अध्यागमन विभागको वेबसाइटमा गएर आफ्नो होटेलमा बस्ने विदेशी नागरिकहरूको विवरण इन्ट्री गर्नुपर्ने हुन्छ । 

यसले अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने विभागका निर्देशक ढकाल बताउँछन् । 

 

 

 

छुटाउनुभयो की ?