मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति सम्मेलन आयोजना गर्दै चैतन्य एकेडेमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

चैतन्य एकेडेमीले २७ र २८ भदौमा नीति सम्मेलनको १३औँ शृंखला धुलिखेलमा आयोजना गर्ने भएको छ।  ‘नीतिदेखि समृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ थिममा नीति सम्मेलन आयोजना हुने चैतन्य ग्रुपका सिइओ गणेश जोशीले सोमबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलनमा बताए। 

जोशीका अनुसार धुलिखेलमा हुने नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्न अहं भूमिका खेल्ने विश्वास छ। वर्तमान नेपालमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सबल अभ्यास र आधुनिक प्रविधिको प्रयोगजस्ता विषयमा सम्मेलनमा दिग्गज र प्रबुद्ध व्यक्तित्वद्वारा गहिरो मन्थन गरिने उनले बताए।

सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेतना, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, शासन, सेवाप्रवाह, विकास र जलविद्युत् मात्र नभएर परराष्ट्र नीतिमाथि समेत मन्थन र चिन्तन गरिनेछ।

यसका लागि सम्मेलनमा नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीहरूको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

नीति सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइनेछ। युवा, महिला, मधेश, जनजाति, सीमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिइने र सम्भावना, आशा र सकारात्मकताको सञ्चारलाई मूल मर्मका रूपमा समेटिने आयोजकले जनाएको छ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्तिवाचन आँचल बसेलले गर्ने कार्यक्रम छ। कार्यक्रमका प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहनेछन्।

विभिन्न सेसनमा अर्थविज्ञ, नीति–निर्माता, राजनीतिज्ञ, समाजसेवी, अध्यात्म अध्येता, शिक्षाविद्, विचारक, पत्रकार र बाैद्धिक व्यक्तित्वको सहभागिता रहने जोशीले बताए।

छुटाउनुभयो की ?