मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार

सिमरामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

बाराको सिमरामा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार दुर्घटनामा रौतहट गुजरा गाउँपालिका–७, परसवाका २५ वर्षीय रोशन चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैयामा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा साँझ निधन भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

यसअघि दुर्घटनामा घाइते भई उपचाररत सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको पनि मृत्यु भएको थियो। पण्डितलाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो। 

दुर्घटना वीरगन्ज–पथलैया सडकखण्डमा सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको प्रहरी प्रमुख जोशीले बताए। 

दुर्घटनामा परेर रौतहट गुजरा गाउँपालिका–७ का ३४ वर्षीय भूपेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। उनको दाहिने हात र बायाँ खुट्टामा चोट लागेकाले हाल परवानिपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

‘दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने एकजना उपचाररत छन्। भिडभाड हुने सडकखण्डमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी वेदप्रकाश जोशीले बताए।