मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषदबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गरेको 

बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाइने मुख्य तथा नियमित एजेन्डाहरूबारे पनि छलफल भएको बताइएकाे छ।

प्रधानमन्त्री ओली शनिबारदेखि पाँचदिने चीन भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियान्जिनमा भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उनले भदौ १६ गते तियान्जिनमा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। 

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

छुटाउनुभयो की ?