मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार o९:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँ–तिहारमा ‘बजाज प्रिमियर लिग’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार o९:२९:oo

बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर नयाँ योजना ‘बजाज प्रिमियर लिग’ (बिपिएल) सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार दुईपांग्रे सवारीसाधन जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले उपभोक्तालाई अझ नजिक ल्याउने प्रयासस्वरूप बिपिएल सुरु गरेको कम्पनीको भनाइ छ । यस योजनाअन्तर्गत प्रत्येक बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकता राखेर सहजै किस्ताबन्दी खरिद गर्न सकिने सुविधा पनि यो योजनामा उपलब्ध छ ।

यसमा ग्राहकले सातै प्रदेशबाट प्रत्येक हप्ता ५० हजार नगद उपहार जित्नेछन् । त्यस्तै, ‘प्लेयर अफ दी विक’ बन्ने ग्राहकले एक लाख नगद पाउनेछन् भने चर्चित क्रिकेटरसँग भेट्न अवसरसमेत पाउनेछन् । बजाजको यस योजनामा मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौँठा अनुभव पनि साट्न पाउनेछन् । 

योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस अभियानमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको बताए । ‘बिपिएलले मोटरसाइकल खरिदकर्तालाई र अरू सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ,’ उनले भने । यसबाहेक बिपिएल योजनाले मोबाइल गेमप्रेमीलाई लक्षित गरी विभिन्न उपहार जित्ने अवसर पनि प्रदान गर्नेछ । मोबाइलमा क्रिकेट खेलेर उपहार जित्न सकिने कम्पनीको भनाइ छ ।