मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ९ सोमबार १९:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मितेरी सहकारी ठगी प्रकरणः दुईजनालाई थुनामा पठाउने आदेश, एकसँग धरौटी माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १९:१९:oo

मितेरी सहकारीको ठगी मुद्दामा अदालतले दुईजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने एकजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । एक साताअघि दायर भएको मुद्दामा जिल्ला अदालत ललितपुरले सोमबार थुनछेक आदेश दिएको हो । 

जिल्ला अदालतका अनुसार बर्दिया बाँसगढी नपा– ७ का वर्ष ४३ का ज्योतिबहादुर भण्डारी, धादिङ धुनीबेँसी नपा– ९ का वर्ष ३६ का सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। त्यस्तै, बर्दिया बाँसगढी गापा– ४ का वर्ष ३४ सुरेश अधिकारीसँग सात लाख रुपैयाँ धरौटी माग भएको छ । 

गत १ भदौमा जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका तीनसहित नौजनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको नौ दिनपछि थुनछेक आदेश आएको हो । 

सो सहकारी ठगीमा स्याङ्जा अर्जुनचौपारी गापा–२ की ४७ वर्षीया ज्योति गुरुङ, खोटाङ साकेला गापा–२ का वर्ष ४९ का विजयकुमार राई, बागलुङ गल्कोट नपा– ३ का वर्ष ३५ वर्षीय प्रितम अधिकारी र सिन्धुपाल्चोक चौतार नपा– ९ का ३३ वर्षीय अर्जुन अरामलाई पनि प्रतिवादी बनाइएकोमा उनीहरु फरार छन् । ज्योती गुरुङ कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। यो सहकारी प्रकरणमा धनराजको समेत संलग्नता रहेको बताइएपनि प्रहरीले उनलाई सत्ताको आडमा जोगाइएको आरोप लागेको छ ।