
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा एक लाख ९५ हजार पाँच सय सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।