मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कजारियाको ब्रान्ड एम्बासडरमा रायमाझी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

 प्रिमियम टाइल्स उत्पादक कजारिया रमेश टाइल्सको ब्रान्ड एम्बासडरमा अभिनेत्री दिव्या रायमाझी नियुक्त भएकी छिन् । कम्पनीले गत साता आयोजना गरेको ‘आर्क एन्ड औरा’का अवसरमा रायमाझीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको हो।

कम्पनीका निर्देशक सञ्जय अग्रवालले दिव्याले कजारिया ब्रान्डका मूल मूल्य, युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्ने बताए । रायमाझीले कजारियाका आगामी अभियानमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्नेछिन् ।

साथै, कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रह, नवीन डिजाइन प्रदर्शन गरिएको थियो ।  कजारियाले देशभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरुम र सयभन्दा बढी डिलरबाट विभिन्न प्रकारका ग्लेज्ड भिट्रिफाइड टायल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सेरामिक वाल टाइल्स उत्पादन गर्दै आइरहेको छ ।