
रमेश कर्पअन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेजमा सहभागी बनेको छ । कम्पनीले पार्टनरस्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’का रूपमा आफू सामेल भएको घोषणा गरेको हो । गुगल वर्कस्पेसले इमेल, डकुमेन्ट सिर्जना र सहकार्य टुल्सलाई एउटै प्लाटफर्ममा उपलब्ध गराई, जिमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमा आधारित उत्कृष्ट विकल्प प्रदान गर्ने बताइएको छ । साथै, गुगल वर्कस्पेस लाइसेन्सलाई सहज बनाउँदै नेपालमा भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरीलगायतका सबै सुविधा एउटै स्थानबाट उपलब्ध गराउने पनि भएको छ ।
हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको छ । कम्पनीले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जिमेल–आधारित समाधान गरी व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएको जनाएको छ । टेली डिजिटलमा तत्काल अनबोर्डिङ र लाइसेन्स एक्टिभेसन, प्रोफेसनल इमेल एड्रेस, एउटै सब्स्क्रिप्सनमा गुगल डकुमेन्ट्स, सिट्स, ड्राइभ र मिट, नेपाली व्यवसायका लागि अनुकूल र सहज भुक्तानी सुविधा समावेश छन् ।
‘हामी परम्परागत इमेल प्रणालीका सीमा हटाउँदै नेपाली व्यवसायको डिजिटल सहकार्यलाई रूपान्तरण गर्दै छौँ,’ कम्पनीका सिइओ नवाँकुर सुदले भने, ‘यसले विश्वस्तरीय डिजिटल प्लाटफर्मलाई स्थानीय व्यावसायिक आवश्यकतासँग जोड्नेछ ।’ त्यस्तै, कम्पनीका मार्केटिङ प्रमुख निखिल खेराडीले तत्कालको डेलिभरी क्षमताले नै बजारमा कम्पनीलाई अलग बनाएको दाबी गरे । ‘हाम्रो सिर्जना, संयोजन र सहकार्यले व्यवसायलाई प्रोफेसनल इमेल ब्रान्डिङ, डकुमेन्ट सहकार्य र सम्पूर्ण कम्युनिकेसन टुल्स एउटै सब्स्क्रिप्सनमा प्रदान गर्छ,’ उनले भने ।