मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
२o८२ भदौ ९ सोमबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले गर्‍यो सगरमाथामा थुप्रिएको फोहोर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार ११:५१:oo

नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथामा थुप्रिएको फोहोर संकलन गरेको छ । कम्पनीले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानअन्तर्गत सगरमाथामा थुप्रिएको पाँच हजार किलो फोहोर संकलन गरेको हो । एक कार्यक्रमबिच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलनसम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीको उपस्थिति थियो । साथसाथै, प्रोजेक्ट केयरको प्राविधिक साझेदारका रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि, फोहोर व्यवस्थापन, रिसाइक्लिङ र वातावरणीय संरक्षणमा योगदान पुर्‍याउँदै आएको संस्था खालीसिसीका प्रतिनिधिसमेत उपस्थित थिए । 

नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न सहकार्य गरेको सिइओ पराजुलीले बताए । पहिलो चरणमा पाँच हजार किलोग्राम फोहोर संकलन गरिएको र आगामी दिनमा पनि वातावरण रक्षाका लागि संस्था तयार रहेको प्रतिबद्धता जनाए ।

सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको पराजुलीको भनाइ थियो । त्यस्तै, राउन्ड टेबलका अध्यक्ष अग्रवालले आगामी दिनमा थप २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए ।