मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ लाखले अवलोकन गरे नाडा अटो सो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनको मेला मानिने नाडा अटो सो–२०२५ आइबार सकिएको छ । भृकुटीमण्डपमा ३ भदौदेखि जारी १७औँ संस्करणको अटो सो आइतबार सकिएको हो । गत मंगलबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उक्त अटो सो आइतबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा समापन भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा आयातीत सवारीको संख्या अत्यधिक रहेको उल्लेख गर्दै विदेशी प्रविधि र व्यवसायलाई आधार बनाएर नेपालमा पनि उत्पादन थाल्नतिर जोड दिनुपर्ने बताए । त्यस्तै, नाडाका अध्यक्ष करण चौधरीले यसपटक एक लाख ६० हजारजनाले अवलोकन गरेको बताए । ‘यसपटकको नाडा अटो सो मेरा लागि ऐतिहासिक बनेको छ । यो मेरा लागि ठुलो सफलता हो,’ अध्यक्ष चौधरीले भने । 

सोमा लुब्रिकेन्ट, पार्टस्लागयतका स्टल रहेका थिए । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता छ । विभिन्न कम्पनीले नयाँ गाडी लन्च गर्नेदेखि ग्राहकलाई बुकिङ एवं खरिदमा छुट र सुविधा दिएका थिए ।