मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ७ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनएको वास्तविक एकताको महाधिवेशनबाहेक अरूमा मेरो संलग्नता हुनेछैनः संस्थापक अध्यक्ष महतो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार १८:४४:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै पनि महाधिवेशनको नाममा आफ्नो नाम समावेश नगर्न आग्रह गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै महतोले अभियानलाई विचलित पार्ने गरी हुने कुनै पनि अधिवेशन एकताको महाधिवेशन नहुने भन्दै वास्तविक एकताको महाधिवेशनबाहेक आफ्नो नाम कतै पनि समावेश नगर्न अपिल गरेका हुन्। डा. महतोले वास्तविक एकताको महाधिवेशनका लागि आफ्नो साथ, सहभागिता र समर्थन रहने विश्वास दिलाएका छन् । 

‘गैरआवासीय नेपाली संघ संस्था मात्र होइन, अभियान पनि हो । यो अभियानलाई विचलित पार्ने गरी हुने कुनै पनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले वास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै पनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘संघको गरिमा बढाउने गरी हुने ‘वास्तविक एकताको महाधिवेशन’मा भने मेरो संलग्नता रहनेछ। यसको लागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु।’