
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना भएको छ ।
नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् ।
कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नवीकण नहुने बताए पनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् ।
तस्बिरहरू