मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्वमा दोहोरिने ओलीको योजनाप्रति ईश्वर पोखरेलको कटाक्ष– जबज नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने सिद्धान्त हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १६:३९:oo

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सिद्धान्त भएको बताएका छन् ।

नयाँ बानेश्वरमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापनको कार्यालय उद्घाटन गर्दै पोखरेलले त्यस्तो बताएका हुन् । उनले जनताको बहुदलीय जनवाद लोकतान्त्रिक अभ्यासको, अरू पार्टीलाई समेत मार्गदर्शन गर्ने विचार भएको भन्दै पोखरेलले एघारौँ महाधिवेशनबाट पुन: अध्यक्षमा दोहोरिने योजनामा रहेका अध्यक्ष केपी ओलीलाई इंगित गर्दै कटाक्ष गरे । 

‘जनताको बहुदलीय जनवाद एमालेको मार्गदर्शक सिद्धान्त हो, लोकतान्त्रिक अभ्यासको, अरू पार्टीलाई पनि मार्गदर्शन गर्ने विचार हो,’ पोखरेलले भने, ‘जबज नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने सिद्धान्त पनि हो ।’ 

उद्घाटित सोही कार्यालयलाई पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले सम्पर्क कार्यालय बनाएर पार्टी गतिविधि गर्ने तयारी गरिरहेकी छिन् । पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीबाट रुष्ट भण्डारी आगामी २० देखि २२ भदौमा आयोजित पार्टीको विधान महाधिवेशनमै त्यस्तो निर्णय उल्ट्याउने गरी गतिविधि गर्ने योजनामा छिन् । सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयको विपक्षमा रहेका पोखरेलले कार्यालय उद्घाटनमा सहभागी भएर र सम्बोधनमामार्फत अध्यक्ष ओलीलाई कटाक्ष गरेर पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिएका छन् ।

कार्यक्रममा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी समिति सदस्य कर्ण थापा, केन्द्रीय सदस्यहरू सरिता न्यौपाने, रमेश पौडेल, बाबुराम अधिकारीसहित करिब एक दर्जन केन्द्रीय सदस्य, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, काठमााडौं जिल्ला अध्यक्ष दीपक निरौलासहित उपत्यकामा रहेका एमालेका थुप्रै अगुवा नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका पूर्वपदाधिकारीहरूसहित करिब पाँच सय नेता–कार्यकर्ता सहभागी थिए ।