मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार २१:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई महिना नपुग्दै सिडिओको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार २१:१७:oo

सामान्यता एक वर्षको अवधिमा सिडिओको सरुवा हुनेमा गृह मन्त्रालयले दुई महिनासमेत नपुगी भोजपुरका सिडिओ सुरेश पन्थीको सरुवा गरेको छ । उनी गत ११ असारमा भोजपुरमा हाजिर भएका थिए । बुधबार उनको मन्त्रालयमा सरुवा गरिएको छ । 

मन्त्रालयमा काम गर्ने मान्छे चाहिएकाले उनको सरुवा भएको गृहका सहसचिव छवि रिजालले बताए । 

गृहले बुधबार एकैपटक काठमाडौंसहित २७ जिल्लाका सिडिओको सरुवा गरेको हो ।  मन्त्रालयले १९ सहसचिव र २४ उपसचिव गरेको हो । काठमाडौंमा सहसचिव छवि रिजाललाई खटाइएको छ भने काठमाडौंमा कार्यरत ऋषिराम तिवारीको मन्त्रालयमा सरुवा भएको छ । 

सहसचिवतर्फ पर्सामा तोयनारायण सुवेदी, ललितपुरमा सुमन घिमिरे, भक्तपुरमा नमराज घिमिरे, बारामा प्रकाश पौडेललाई खटाएको छ । 

त्यस्तै, दोलखामा भोला दाहाल, भोजपुरमा बाबुराम गौतम, सुंखुवासभामा सृजना थपलिया, पाल्पामा बिनु बज्राचार्य कुँवर, सिराहामा बसन्त अधिकारी, सप्तरीमा टुवराज पोखरेल, धनकुटामा शिवराज गेलाल, ओखलढुंगामा मेखबहादुर मंग्राती, दाङमा विश्वप्रकाश अर्याल धादिङमा विजयराज सुवेदीलाई खटाइएको छ । 

उपसचिव सिडिओ हुने १२ जिल्लामा पनि हेरफेर गरिएको छ ।