मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ५ बिहीबार ११:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालविकास तहका शिक्षकलाई बालशिक्षकका  रूपमा ऐनमै व्यवस्था गर्नुपर्नेमा सांसदहरूको जोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार ११:५८:oo

प्रारम्भिक बालविकास तहका शिक्षकलाई बालशिक्षकका रूपमा ऐनमा व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। हाल सो तहमा पढाउनेलाई बाल सहजकर्ता भन्ने गरिन्छ । तर, अब बन्ने ऐनमा उनीहरूलाई अन्य तहमा पढाउनेलाई जस्तै शिक्षक मान्नुपर्ने र सेवासुविधामा ध्यान दिनुपर्ने माग सासदहरूले राखेका छन्। 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जारी बैठकमा सहभागी सबैजसो सदस्यहरूले बालविकासमा पढाउनेलाई हाल सहजकर्ताका रुपमा लिने गरिएको भन्दै अबको ऐनमा शिक्षक नै मानेर प्रस्ट व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। साथै उनीहरूको योग्यता कति तोक्ने भन्नेबारेमा पनि सदस्यहरूले प्रश्न उठाएका छन्।

विद्यालय विधेयकमा हालसम्म पनि सहजकर्ता भनेर राखिएको भन्दै अब प्रस्ट रूपमा शिक्षक शब्द राख्नुपर्नेमा समितिका सदस्य छविलाल विश्वकर्माले बताए । पूर्वशिक्षामत्री सुमना श्रेष्ठले पनि सोही विषयलाई उठाउँदै बालविकास तहमा पढाउनेलाई शिक्षक मान्नुपर्ने बताइन्। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले पनि सोही विषयमा जोड दिइन् ।

कांग्रेस सांसद चन्द्र भण्डारीलगायत अन्य सांसदले बालविकास तहमा पढाउनेलाई शिक्षक मान्नुपर्ने बताए ।