मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल रिलाई धराशायी बनाएर हिमालयनलाई व्यापार सुम्पिने प्रपञ्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

नेपाल रि–इन्स्योरेन्सका अध्यक्ष देवराज ढुंगानामाथि प्रतिस्पर्धी कम्पनी हिमालयन रि–इन्स्योरेन्सलाई लाभ पुर्‍याउने र सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीलाई धराशायी बनाउन खोजेको आरोप छ । उनको नेतृत्वको सञ्चालक समितिका निर्णयहरूले पनि यो आरोपमाथि बल पुर्‍याउन सघाइरहेकै देखिन्छ । त्यसको पछिल्लो उदाहरण हो, वैदेशिक रोजगार म्यादी जीवा बिमा सामूहिक बिमा कोष ।

बिमा प्राधिकरणले ०८१ साउन लागू हुने गरी २०८१ भदौमा पहिलोपटक वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ ल्याएको थियो । यसअनुसार दुई पुनर्बिमकहरू नेपाल रि र हिमालयन रिले संयुक्त रूपमा पुल सञ्चालन गर्ने व्यवस्था थियो ।

तर, गत ५ वैशाखमा निर्देशिका संशोधनले संयुक्त रूपमा चलाउन पाउने व्यवस्थालाई हटाई दुई पुनर्बिमकले चार वर्षका लागि पालैपालो चलाउन पाउने व्यवस्था बनाइयो ।

गएको १ असारमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियनले प्रतिस्पर्धी कम्पनी हिमालयन रि–इन्स्योरेन्सलाई वार्षिक साढे तीन अर्बको व्यवसाय गर्ने कोषको व्यवस्थापन सुम्पिन अध्यक्ष ढुंगाना नेतृत्वको सञ्चालक समितिले भूमिका खेलेको भन्दै विज्ञप्ति नै जारी गरे । उनीहरूले मोटर (सवारीसाधन)को तेस्रो पक्षको बिमा व्यवस्थापन कोषसमेत छाड्न खोजेको भन्दै विरोध जनाएका थिए ।

त्यस्तै, उनकै अध्यक्षताको सञ्चालक समितिले सरकारबाट बजेट व्यवस्था नभएकै अवस्थामा हकप्रद सेयर निष्कासनको निर्णय गरेको थियो । हकप्रद सेयरमा लगानी गर्न बजेट अपुग हुने स्थितिमा हिमालयन रि–इन्स्योरेन्स समूहले नीतिगत चलखेलमार्फत नेपाल पुनर्बिमा कम्पनीको सेयर हडप्ने प्रपञ्चमा सघाउन उनले यस्तो निर्णय गराएको अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

सरकारी नियुक्तिअगाडि ढुंगाना नेपाल उद्योग वाणिज्य महासंघमा १२ वर्ष (सन् २०१२ देखि २०२४ सम्म) कार्यक्रम प्रबन्धकको जिम्मेवारीमा थिए । उनी त्यहाँ कार्यरत रहँदा महासंघका अध्यक्ष थिए शेखर गोल्छा । गोल्छा अहिले हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष हुन् ।