मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
फाइल फोटो
२o८२ भदौ ३ मंगलबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार पञ्चर भएपछि उदयपुरको बेलकामा २४० किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १७:१२:oo

कार पञ्चर भएर चालक भागेपछि उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ र ३ को सिमानामा पर्ने आमसावी भागगपुर नजिकको जगना खोलाबाट दुईसय ४० किलो गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय गाईघाटका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार गोप्य रुपमा कारमा गाँजा ढुवानी भइरहेको सूचना पाएलगतै प्रहरी पिछा गर्दा कार पम्चर हुँदा बरामद गरिएको जानकारी दिए ।

उनले भने, ‘कार पम्चर भएपछि चालक फरार भए । प्रहरीले बा२१ च१८११ नम्बरको कारबाट उक्त गाँजा बरामद भएको हो।’

बरामद गाँजासहित कारलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखि अनुसन्धान जारी राखिएको र उक्त कार चालकको खोजी सुरु गरिएको दोङको भनाइ छ ।