मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीका कारण जनताले खेप्नुपरेको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

सांसद गणेश पराजुलीले असार २४ गते परेको अविरल वर्षा र भीषण बाढीका कारण जनताले खेप्नुपरेको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउँदै बुझाउँदै सांसद पराजुलीले  नेपाल र चीन जोड्ने मितेरी पुलसहित त्यहाँको  संरचना ध्वस्त भई ठुलो मानवीय र भौतिक क्षति भएको  विषयमा सरकार जानकार रहेको भन्दै  केरुङ नाकाअन्तर्गतको टिमुरे भन्सार यार्ड तथा सुक्खा बन्दरगाह बाढीले ध्वस्त भएकाे भन्दै  तत्काल प्रयोगमा ल्याउने गरी सम्बन्धित निकायले काम गर्न नसकेकाले सरकारले त्यता ध्यान दिनुपर्ने बताए ।

उनले व्यवसायीले आयात गरेका करिब ६ सयभन्दा बढी कन्टेनर नाकापारि अलपत्र अवस्थामा रहेकाले त्यसको चाँडोभन्दा चाँडो उपाय निकाल्न अनुरोध गरे । उक्त विपतमा २२ जनाले गुमाएको र  व्यवसायीले आयात गरेका  सामानसहितका १८ वटा कन्टेनर सरकारको भन्सार यार्डबाट बगाएर लगेको भन्दै उनले ध्यानाकर्षण गराए । 

साथै  वर्षा र बाढीका कारणले  तातोपानी नाका जोड्ने कोदारी राजमार्गस्थित ‘इकु’ भन्ने स्थानमा लेदोसहितको पहिरो खसेर करिब ५० मिटर सडक अवरुद्ध भएको हुँदा सो नाकाबाट व्यवसायीले आयात गरेका ६००–७०० कन्टेनरहरू नाका र नाकापारि अलपत्र परेको भन्दै समाधानका लागि सरकारसँग आग्रह गरे । हजारौँ उद्यमी–व्यवसायीहरूले चाडपर्वलक्षित आयातित सामान समयमा बजारमा पुर्‍याउन नसक्दा अर्बौँको क्षति व्यहोर्नुपरेको र कैयौँ व्यवसायीहरू बैंकको कालोसूचीमा पर्न बाध्य भएको भन्दै उनले मानसिक पीडामा रहेका व्यवसायीहरूले जीवन त्याग्न बाध्य हुने घटनाप्रति सजग हुन पनि अनुरोध गरे ।

विपतका कारण प्रत्यक्ष रूपमा राज्यको राजस्व र समग्र अर्थतन्त्रमा  नकारात्मक असर पर्ने मात्र नभई चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिसँगै कालोबजारीको मारमा पर्न बाध्य हुने अवस्था सिर्जित भएको बताए । 

उनले तत्कालका लागि तातोपानीस्थित इकु पहिरोको व्यवस्थापन गरी उत्तरी नाका र नाकापारि रहेका कन्टेनरलाई काठमाडौंस्थित चोभारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार जाँच–पास गरी व्यवसायीलाई राहत दिलाउन सरकारसँग माग गरे । समयमा नै बजारमा सामान पुर्‍याउने  सुनिश्चितता गर्न, बाढीले नोक्सान पुर्‍याएका टिमुरे भन्सार यार्डमा पुरिएका १८ कन्टेनरको क्षतिपूर्ति  सम्बन्धित व्यवसायीहरूले समयमा पाउने व्यवस्था मिलाउन, चीन सरकारले निर्माण गर्न लागेको केरुङ राजमार्गको बेलिब्रिज तथा नेपाल–चीन मितेरी पुल समयमै सम्पन्न गरी रसुवागढी नाकास्थित  सुक्खा बन्दरगाहलाई यथाशक्य चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे।