मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
Invalid date format o८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलेखानी–सिस्नेरी सडकको ज्यामिरे खण्डमा लगातार पहिरो, ४८ घण्टादेखि मुख्य सडक अवरुद्ध

डाभर्सनमार्ग हुँदै यातायात सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३१:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरे खण्डमा खसेको लगातार पहिरोका कारण हेटौँडा–काठमाडौं छोटो दूरी जोड्ने राजधानी मार्ग ४८ घण्टादेखि अवरुद्ध बनेको छ । शनिबार बिहान खसेको सुक्खा पहिरो पन्छाउन तीनवटा मेसिन प्रयोग गरिए पनि आइतबार साँझ परेको पानीले फेरि पहिरो खस्दा सडक सञ्चालनमा समस्या भएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरी सडक खुलाउने प्रयास गरे पनि माथिबाट निरन्तर ढुंगा–माटो खसिरहेकाले कठिनाइ भइरहेको बताइएको छ। प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार साँझपछि काम रोकिए पनि आज बिहानदेखि पुनः पहिरो पन्छाउने काम अघि बढाइएको छ ।

हाल पहिरो पन्छाउन एक–एकवटा एक्स्काभेटर, जेसिबी र लोडर प्रयोग भइरहेको छ । सडक साँघुरो र जोखिमयुक्त भएकाले थप मेसिन प्रयोग गर्न सक्ने अवस्था नरहेको यादवले जानकारी दिए । आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ ।

सडक अवरुद्ध भएपछि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै डाइभर्सनमार्ग प्रयोग गरेर यातायात सञ्चालनमा ल्याइएको छ । सो सडकलाई प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राजधानी मार्ग नामकरण गरी निर्माण गरिरहेको छ भने काठमाडौंतर्फको केही भाग अझै कालोपत्रे हुन बाँकी छ ।