मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० प्रतिशत विरामीलाई निःशुल्क उपचार गर्ने प्रावधान कार्यान्वयन गर्न निजी अस्पताललाई मुख्यमन्त्री सिंहको निर्देशन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका निजी अस्पतालहरूलाई गरिब र असहायहरूलाई निःशुल्क उपचार गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहले नेपाल सरकारको नियमानुसार प्रत्येक अस्पतालले कम्तीमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्ने प्रवधान रहे पनि त्यसको व्यवहारमा कार्यान्वयन नदेखिएको बताए।

जनकपुरधाममा बिहीबारदेखि निजीस्तरबाट सञ्चालनमा आएको आरोग्य निकेतन अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अस्पतालहरूको छड्के अनुगमन गर्दा सयौँ अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको उल्लेख गरे। ती अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिए पनि स्थानीय पालिकाहरूबाट कम बेडको अनुमति लिई बढी बेडको अस्पताल सञ्चालन गरिरहेको भेटिएको उनले सुनाए।

कार्यक्रममा बोल्दै अरोग्य निकेतन हस्पिटलका प्रबन्ध निर्देशन डा. मोस्ताक अलीले मुटु रोगसम्बन्धी रोगको सम्पूर्ण उपचार तथा क्याथ ल्याबसमेतको व्यवस्था रहेको यस क्षेत्रमा एक मात्र आरोग्य निकेतन अस्पताल सञ्चालनमा आएको बताए। क्याथ ल्याबका साथै अन्य रोगका बिरामीहरूका लागि अत्याधुनिक ल्याब, सहज र छिटो सेवा दिने आफ्नो प्रयास रहने उनले बताए।