मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे २४ लाख घुसमा रंगेहात पक्राउ परेका भक्तपुरका मालपोत प्रमुख आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

साढे २४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका भक्तपुरको मालपोत कार्यालय प्रमुख कुमार आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। कार्यालय सहयोगी टीकाराम राउतसमेतलाई प्रतिवादी कायम गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको मोही र लगत कट्टा गरी मोहीका नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस लिएको अवस्थामा अख्तियारले ३१ असारमा दुवैजनालाई अख्तियारले कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको थियो ।

थप अनुसन्धान गरेर अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । कार्यालय प्रमुख र कार्यालय सहयोगीको मिलेमतो र योजनामा सेवाग्राहीसँग जग्गाको मोही बाँडफाँट/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिने भनी घुस/रिसवत माग गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम दुवैलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । घुस लिएको साढे २४ हजार रुपैयाँलाई नै संयुक्त बिगो कायम गरेर अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।