मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार ११:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणसमक्ष इप्पानका ११ बुँदे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार ११:४३:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कार्यकारी निर्देशक शाक्यलाई भेट्दै विगतदेखि नै उठाउँदै आएका माग छिटो पूरा गरिदिन आग्रह गरेको हो ।

इप्पानले उठाएको मागमा टेक एन्ड पे पिपिए खारेज हुनुपर्ने, आरसिओडी म्याद थप गर्ने, खेर जाने विद्युत्को व्यवस्थापन र कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने, विनासर्त २८ हजार पाँच सय मेगावाटको लक्ष्य हासिल गर्न पिपिए खुलाउनुपर्ने तथा १० मेगावाटसम्मको पिपिएलाई यथाशीघ्र सुचारु गर्नुपर्ने छन् ।