Skip This
विद्यापुत्री अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसन ओलीको ‘निगरानी’मा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यापुत्री अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसन ओलीको ‘निगरानी’मा

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o८:oo
  • एमालेको ‘प्रतिबन्ध’का बाबजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेर राजनीतिमा सक्रियता बढाएसँगै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भण्डारीपुत्री उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनप्रति असन्तुष्ट

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्पर्क कार्यालय खोलेर पार्टी राजनीतिमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मदन भण्डारी फाउन्डेसनप्रति गम्भीर असन्तुष्टि पोखेका छन् । केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई ‘पार्टी राजनीतिमा प्रतिबन्ध’ लगाउने निर्णय लिएका ओलीले भण्डारीपुत्री उषाकिरण भण्डारी अध्यक्ष रहेको फाउन्डेसनमाथि धेराबन्दी थालेका हुन् । पार्टीभित्र आफू संस्थापनमा आउनुपूर्व ओलीले फाउन्डेसनमार्फत समानान्तर गतिविधि गर्दै आएका थिए । 

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा ओलीले फाउन्डेसनको गतिविधिप्रति असन्तुष्टि मात्र जनाएनन्, निगरानीमा रहेको संकेत गर्दै भविष्यमा कारबाहीको दायरामा ल्याउन सक्ने जनाउ दिएका छन् । ‘आगामी दिनमा के गर्छ ? कसरी जान्छ ? हेर्नुपर्ने अवस्था बनेको छ । त्यसका पदाधिकारीहरूका अभिव्यक्ति आदि हेर्दा कसरी जान्छ भन्ने अन्योल छ,’ ओलीले भने । मदन भण्डारी फाउन्डेसन सन् १९९९ मा स्थापना भएको संस्था हो । 

विगतमा फाउन्डेसनकै प्रयोग गरेर एमालेको आन्तरिक राजनीतिमा आफ्नो समूहका गतिविधि गरेका ओलीले अहिले भने आफूलाई पूर्णत अलग गर्ने प्रयास गरे । र, भने, ‘पुष्पलाल प्रतिष्ठान, मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । तर, मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । त्यो अर्को ढंगले आफैँ बनाइएको हो ।’ त्यतिवेला एमालेले मदन–आश्रित प्रतिष्ठान बनाएको थियो । तर, प्रतिष्ठान मदन भण्डारी केन्द्रित भएको भन्दै जीवराज आश्रितको नाममा छुट्टै प्रतिष्ठान बनाइएको छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको दासढुंगा दुर्घटनामा निधन भएपछि एमालेले संस्थागत रूपमा मदन–आश्रित प्रतिष्ठान गठन गरेको थियो । त्यसपछि विद्या भण्डारीकै पहलकदमीमा मदन भण्डारी फाउन्डेसन गठन भएको थियो । उक्त फाउन्डेसनलाई ओलीले विगतमा राजनीतिक अस्त्रका रूपमा प्रयोग गरेका थिए । त्यही जगमा ओली एमालेको अध्यक्षमा निर्वाचित हुन सफल भएको एमालेका एक नेता स्मरण गर्छन् । 

ओलीले विगतमा प्रतिष्ठानहरू आन्दोलनको पक्षमा, पार्टीको पक्षमा हुने गरेको भए पनि अहिले भने केही नेताले व्यक्तिगत बनाएर ठगी खाने भाँडो बनाएको आरोप लगाए । ‘प्रतिष्ठानहरूमा केही व्यक्तिले पद छोड्दै नछोडेर, त्यसलाई माध्यम बनाएर, त्यहाँ काम गर्नेलाई आफ्ना समर्थकका रूपमा बुझेर अथवा बहुमत राखेर नियन्त्रणमा लिएका छन् । देशको पक्षमा, आन्दोलनको पक्षमा, विचारको पक्षमा र परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन कि व्यक्तिको ठगी खाने भाँडो बनाएका छन्,’ ओलीले भने । 

ओलीले त्यसवेला मदन–आश्रित प्रतिष्ठान खोल्नुको उद्देश्यबारे भने, ‘जतिवेला मदन–आश्रित स्मृति दिवस मनाउन नपाइने स्थिति बन्यो । श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित हुने भए । त्यसो गरेपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो भनेर जन्मेको हो । तर, त्यो पार्टीप्रति, आन्दोलनप्रति निष्ठाका साथ जन्मेको हो ।’

यसअघि ओलीले ‘मदनका चार श्रीमती थिए र उनी पनि सहकारीका थिए भन्ने चर्चा हुन्थ्यो’ भन्दै असान्दर्भिक अभिव्यक्ति दिएर विवाद सिर्जना गरेका थिए । त्यति मात्र होइन ओलीले मदनले प्रतिवादन गरेको भनिएको जनताको बहुदलीय जनवादको सिद्धान्तमा आफ्नो पनि योगदान रहेको दाबी गरेका छन् ।